काठमाडौं । सेयर बजार परिसुचक सोमबार थोरै अंकले मात्र बढेको छ । यसदिन जलविद्युत कम्पनी र बीमाको सूचक बढ्दा सेयर बजार ०.९३ अंकले बढेर बन्द भएको छ ।
जलविद्युतको समुहगत सूचक ६३.२६ अंकले बढेको छ भने बीमा समूहको सूचक ५५.०३ अंकले बढेको छ । सोमबार बजार १२६३.७५ अंकमा बन्द भएको छ ।
पुँजी बजारमा सोमबार एकसय २० कम्पनीको ६१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समूहगत रुपमा होटलको सूचक सबैभन्दा धेरै ४८.३५ अंकले घटेको छ भने विकास बैंकको सूचक १४.८३ अंकले ओरालो लागेको छ । यस्तै वाणिज्य बैंकको सूचक पनि थोरै अंकले घटेको छ ।
बजारमा नेको इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस्तै सिद्धार्थ इन्स्योरेन्स, सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर पनि धेरै कारोबार भएको छ । बजारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड १ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने हामा मर्चेन्ट फाइनान्सको मूल्य पनि घटेको छ ।
प्रतिक्रिया