वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नीजी क्षेत्र भन्छ,‘खुलाबजार र उदार अर्थतन्त्रका पृष्ठपोषक कोइरालाको मृत्युले देशलाई अपुरणीय क्षती

अर्थटुडे
२०७२ माघ २६, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला निधनले अपुरणीय क्षति पुगेको नीजी क्षेत्रले जनाएको छ ।fncci

निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अझ कमर्शले मंगलाबार विज्ञप्ती जारी गरि नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर असाधरण योगदान दिएका कोइरालाको निधनले सिंगो मूलुकलाई नै अपुरणीय क्षति पुगेको जनाएका हुन् ।

महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ । ‘कोइरालाकै कार्यकालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई गणतन्त्र संस्थागत गर्न र्पुयाएको योगदानको निजी क्षेत्रले उच्च प्रशंसा गर्दछ’ । कोइरालाको ७६ वर्षको उमेरमा सोमबार राति निधन भएको थियो ।

कोइराला मुलुकको आर्थिक विकासका लागि सधै चिन्तित भएको महासंघको ठहर छ । विज्ञप्तीमा लेखिएको छ, ‘निजी क्षेत्रसँगको हरेक भेटघाट र बैठकमा कोइरालाले मुलुकको आर्थिक विकासमा लाग्न निजी क्षेत्रलाई सदैव प्रेरित गर्नुहुन्थ्यो ।

एकता, सहमती, सहकार्य र मेलमिलापको राजनीतिमा सदा जोड दिनुहुंने कोइराला त्यसैलाई अनुशरण गरि मुलुकलाई अगाडी बढाउनु पर्नेमा सदैव लागिरहनु भएको थियो’ विज्ञप्तीमा उल्लेख छ ।

महासंघका अनुसार कोइरालाको दृढताले मुलुकमा नयाँ संविधान जारी भएको र उक्त संविधानलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने जिम्मेवारी अव राजनीतिक दलका शीर्षस्थ नेताहरुको काँधमा आएको छ ।

खुलाबजार र उदार अर्थतन्त्रका पृष्ठपोषक कोइराला सधैं निजी क्षेत्रमार्फत मुलुकमा दीगो विकास सम्भव छ मान्यता राख्ने स्मरण गर्दै चेम्बर अफ कमर्शले निजी क्षेत्रका समस्या र समाधानको लागि उनको प्रेरणादायी भूमिका निजी क्षेत्रले सँधै सम्झिरहने प्रण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ