वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शुक्रबारदेखि सर्वसाधरणलाई सवै पम्पबाट तेल दिइने, दुइ पांग्रेले ५ लिटर र चार पांग्रेले १५ लिटरसम्म पेट्रोल पाउने

अर्थटुडे
२०७२ माघ २८, बिहीबार

काठमाडौं । सर्वसाधरणले शुक्रबारदेखि सवै पेट्रोलपम्पबाट तेल पाउने भएका छन् । petrolनेपाल आलय निगमले भारतले रक्सौल डिपोबाट पर्याप्त मात्रामा तेल उपलव्ध गराएपछि शुक्रबारदेखि सबै पेट्रोलपम्पलाई तेल दिने निर्णय गरेको हो ।
निगमले सवै पेट्रोल पम्पलाई परिमाण समेत तोकेको छ ।

शुक्रबारदेखि दुइपांग्रेलाई एक पटकमा ५ लिटर र चारपांग्रेलाई भने एक पटकमा १५ लिटर सम्म तेल पाउनेछन् । आपुर्ति थप सहज भएपछि सर्वसाधरणले मागेजति तेल दिनसकिने निगमले जनाएको छ ।

सामान्य अवस्थामा उपत्यकामा दैनिक साँढे तीन लाख लिटर पेट्रोल र साँढे चार लाख लिटर डिजेलको खपत हुन्छ सोही कारण दैनिक सोही परिमाण्मा तेल दिन लागिएको निगमको दावी छ ।

रक्सौलबाट दैनिक रुपमा आपुुर्ति बढेको छ । बुधबार १३ सय ६८ किलो लिटर पेट्रोलियम पदार्थ भित्रिएको थियो । विहीबार साँझसम्म १७ सय किलोटिर भित्रिने अनुमान छ । विहीबारसम्म निगमसँग १५ सय १० किलोलिटर पेट्रोल र २८ सय किलोलिटर डिजेल मौज्दात छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ