काठमाडौं । करिव १७ सय सेयर होल्डर रहेको पूर्वाधार बिकास कम्पनी लिमिटेडको अध्यक्षमा भवन भट्ट चुनिएका छन् । सो कम्पनीले काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजना सञ्चालन गरेको छ । सो परियोजनाको सञ्चालक समितिको बैठकले भट्टलाई अध्यक्षमा चुनेको हो । सो कम्पनीको टिबिआई होल्डीङ कम्पनि सबैभन्दा ठूलो शेयरहोल्डर हो । सो कम्पनी भट्टको नै रहेको छ ।
अव निजी, सरकार र स्थानीयहरु समेतको संलग्नतामा निर्माण हुने राम्रो संकेत मिलेको पुर्वाधार बिकास कम्पनी लिमिटेडले दावी गरेको छ । राष्ट्रिय गौरवको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजना ठूलो लगानीको आवश्यकताको कारण निर्माण हुन सकेको थिएन ।
कम्पनीले विहिबार जारी विज्ञप्तिमा सो आयोजनामा सरकारको पनि चासो र राजनीतिक संयन्त्रहरुका नेताहरुले पनि यस कम्पनी तथा परियोजनामा सरकारले समेत लगानी गर्नुपर्ने भनि सार्वजनिक रुपमा चासो लिइरहेकोले यस प्रोजेक्टलाई अझ बल मिलेको बताइएको छ ।
राष्ट्रिय गौरवको यस आयोजनाको यो दोस्रो सुरुवातले यस प्रोजेक्टलाई सम्पन्न गरी नेपालको मेघा प्रोजेक्ट कन्सट्रक्सनको क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरी यसमा चासो राख्ने निजी क्षेत्र, बिदेशी लगानीकर्ता, सरकार लगाएत सबैलाई नयाँ उर्जा प्रदान गर्ने कम्पनिको विश्वास छ ।
नेतृत्व सम्हालेपछि भट्टले सरकारबाट पनि केहि पुँजी जुटाउने, चार बर्ष पुरानो प्राविधिक पक्षको कार्यलाई समय सापेक्ष बनाउने, राम्रो कर्पोरेट गभरनेन्स भएको उत्कृष्ट संस्था बनाउने, विदेशी फण्डको व्यवस्था गर्ने, होल प्रोजेक्ट फाइनान्स गराउने र सबै स्टेकहोल्डरहरु (शेयरहोल्डर, गभर्मेन्ट, कम्युनीटी) बीच राम्रो सम्बन्ध बनाउने कार्यहरु आफ्नो प्रमुख कार्यतालिकामा राखेका छन् ।
नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका भट्टको जापानमा १३० वटा भन्दा बढि रेष्टुरेण्ट, रिसोर्ट तथा विभिन्न व्यापार ब्यवसाय छ । जापान बाहेक उनले बेल्जियममा दुईवटा होटल साथै अमेरिका, अष्ट्रेलिया, सिंगापुर, भारत, चीनलगाएत विश्वका विभिन्न राष्ट्रहरुमा व्यापार व्यवसाय फैलाएका छन् ।
प्रतिक्रिया