वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइसीएफसीले लिलामीमा राखेको सेयरको बाँडफाँड,साधारण सेयर ६३ जना र सस्थापक सेयर १९ जनाले पाए

अर्थटुडे
२०७२ फाल्गुन २, आईतवार

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीको लिलामीमा राखेको साधारण सेयर जम्मा ६३ जनाले मात्र पाएका छन् । त्यस्तै संस्थापक सेयर पनि १९ जनाले मात्र पाएका हुन् ।ICFC

कम्पनीले आइतबार सेयर बाँडफाँट गरेको हो । कम्पनीले ६० हजार ९ सय ३ कित्ता साधारण शेयर लिलामीका लागि आव्हान गरेको थियो । सो आव्हानमा ७ सय २३ जनाले आवेदन दिएका थिए ।

त्यस्तै संस्थापकतर्फको सेयर ३ लाख १८ हजार ८ सय ७१ कित्ता लिलामीका लागि १ सय १९ जनाले आवेदन दिएका थिए ।  प्रतिकित्ता २ सय २३ रुपैयाँ भन्दा बढि तिर्न चाहनेले साधारण शेयर तथा प्रतिकित्ता १ सय ४६ रुपैयाँ भन्दा बढी रकम तिर्न चाहनेले संस्थापकतर्फको शेयर पाएको कम्पनीले जनाएको छ ।

फाइनान्सले माघ १५ देखि २५ गतेसम्म ६० हजार ९ सय ३ कित्ता साधारण हकप्रद शेयर र ३ लाख १८ हजार ८ सय ७१ कित्ता संस्थापक हकप्रद शेयर लिलाममा राखेको थियो ।

आवेदकहरुले प्रतिकित्ता साधारण शेयरका लागि ३ सय रुपैयासम्म आवेदन दिएका थिए भने संस्थापक सेयरको लागि आवेदकहरुले प्रतिकित्ता २ सय १ रुपैयासम्मको आवदेन दिएका थिए ।

फाइनान्सले शेयर लिलामीबाट २ करोड ५० लाख रुपैंया प्रिमियम संकलन गरेको जनाएको छ । यो रकम फाइनान्सको जगेडा कोषमा जम्मा हुने । यो सँगै फाइनान्सको ४२ करोड रुपैंयाको चुक्ता पूँजी ६४ करोड पुगेको छ ।
आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड १६ लाख रुपैया खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ