वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोट र रसुवामा सिटिजन्सको शाखारहित बैंकिङ

अर्थटुडे
२०७२ फाल्गुन ७, शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले नुवाकोट र रसुवा जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । युके एडको लगानीमा संचालित सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा वित्तीय पहुँच पु¥याउनको सेवा विस्तार गरिएको बैंकले बताएको छ ।

citizen bankबैंकले नुवाकोट जिल्लाका बेलकोट, राउतबेसी, सुनखानी, तारुका, कविलाश र रसुवाको लहरेपौवा गाविस गरी ६ वटा गाविसमा सेवा विस्तार गरेको छ । यो सहित बैंकको कुल शाखा रहित बैंकिङ सेवाको संख्या ८६ पुगेको छ ।

यस सेवा अन्र्तगत निक्षेप संकलन, रकम भुक्तानीका साथै कोष स्थानान्तरण, रेमिट्यान्स, मोबाइल फोनको बिल भुक्तानीलगायत सेवा उपलब्ध हुने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ