काठमाडौं । प्रभु बैंकले ‘वेल्थ म्यानेजमेन्ट सर्भिस’ योजना सुरु गरेको छ । बैंकमा धेरै रकम बचत गर्ने निक्षेपकर्तालाई लक्षित गरी सुरु गरिएको यस योजना अन्र्तगत बैंकले लगानीका लागि निशुल्क सल्लाह दिनेछ ।
हालसम्म ‘पोर्टफोलियो’ म्यानेजमेन्ट नेपालमा सुरु नभएको अवस्थामा ग्राहकको फण्डलाई विभिन्न क्षेत्रमा परिचालन गर्नको लागि यो सेवा लाभदायक हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार शेरचनले बताए ।
‘यो योजनाले लगानीको लागि ग्राहकलाई उत्प्रेरणा जगाउनुको साथै बजार र त्यहाँका गतिविधीबारे जानकारी गराउन पनि निकै उपयोगी हुनेछ ।’ उनले भने ।
प्रतिक्रिया