काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीका लगानीकर्ताले अब लाभांस लिनका लागि सम्बन्धित कम्पनी या मर्चेन्ट बैंक धाउन नपर्ने भएको छ । लगानीकर्ताले नगद लाभांस आफ्नै बैंक खातामा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले लाभांस खाताबाटै भुक्तानी गर्न विहिबार निर्देशन दिएको छ । योसँगै अब लगानीकर्ताले लाभांस बुझ्न कम्पनी नै धाउनुपर्ने बाध्यता समेत हटेको छ ।
यसअघि बोर्डले सेयर लाभांस समेत लगानीकर्ताको डिम्याट एकाउन्टमा राखिदिन निर्देशन दिएको थियो ।
बोर्डको यो निर्णयबाट सेयर बजारका १५ लाख लगानीकर्तालाई फाइदा भएको छ ।
प्रतिक्रिया