पाचौं छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा अवलोकन कर्ताको आकर्षण बढ्दै गएको छ । मेलामा विभिन्न ब्राण्डका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुमा २५ प्रतिशतसम्म छुट दिईएको छ । यो प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा मंगलबार देखि सुरु भएको हो । प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता उत्पादक संघले गरेको हो । यस प्रदर्शनीमा हाल सम्म करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् भने करिब ४ हजार जोर जुत्ता तथा चप्पल बिक्रि अध्यक्ष जिवन नेपालीले बताए ।
मेलामा प्रमुख आकर्षणको रुपमा अपाङ्गता भएका व्यक्तिहरुले लगाउने विशेष खालका जुत्ताहरु समेत प्रदर्शनीमा राखिएको छ । मेलामा अवलोकन गरेका प्रायले हात खाली नजानेगरी नेपाली उत्पादनलाई साथदिई मेलालाई भव्य र सब्य बनाउन उपभोक्ताले विशेष भुमिका खेलेको मेलाका संयोजक राजेश बिशंखुले जानकारी दिए ।
प्रदर्शनीमा छाला जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरुको ३० ओटा स्टलहरु रहेका छन् । मेला फागुन १० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया