वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सनराइज बैंकले थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

अर्थटुडे
२०७२ फाल्गुन ९, आईतवार

काठमाडौं । सनराइज बैंकले थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । २०७४ असार मसान्त सम्ममा बैंकलाई चुक्तापुँजी ८ अर्व पुर्याउनुपर्ने बाध्यताका कारण बैंकले थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।sunrise bank

बैंकले डेढ महिनाअघि १५ प्रतिशतका दरले हकप्रद सेयर निस्कासन गर्ने निर्णय गरेको थियो । यो सँगै बैंकले लगानीकर्ताहरुको लागि जम्मा ४५ प्रतिशत हकप्द सेयर निष्कासन गर्ने छ । हाल बैंकको चुक्तापुँजी ३ अर्व २२ करोड रुपैयाँ रहेको छ । बैंकले गत बर्षको नाफाबाट २१.५ प्रतिशत वोनस सेयर दिएको थियो ।

३० प्रतिशत हकप्रद सेयर दिनका लागि बैंकले विशेष साधारणसभा बोलाएको छ ।
बैंक सञ्चालक समितिले पुँजी बृद्धिका लागि अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ती गर्ने अख्तियारी साधारणसभाबाट लिइसकेको छ ।

नेपाल राष्ट्र बैंकमा पुँजीबृद्धिका लागि वुझाएको योजनामा भने बैंकले ३० प्रतिशत हकप्रद सेयर दिने भनेको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ