काठमाडौं । तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई आकास कालोसूचीको अवधि लम्बिने खतरा बढेको छ । युरोपेली युनियनले नेपालमा हवाई दुर्घटनाको दर उच्च भएको भन्दै नेपाली आकाशलाई सन् २०१३ डिसेम्बरदेखि कालोसूचीमा राखेको थियो । २०१५ मा दुर्घटना नभएकाले २०१६ भित्र कालोसूचिबाट हट्ने अनुमान भइरहेका बेला भएको दुर्घटनाले कालोसूचिको अवधि बढ्ने खतरा बढेको हो ।
बुधबार पोखराबाट जोमसोमका लागि उडेको तार एयरको ट्वीनेटर बिमान म्याग्दीको दाना गावीसस्थित केकरबुट्टामा ठोक्किएर दुर्घटनाग्रस्त हुदा चालकदलका ३ सदस्यसहित २३ यात्रुको मृत्यु भएको थियो ।
नेपाली आकाश कालोसूचिमा रहेका कारण नेपालका सबै बायुसेवा कम्पनीलाई इयु अन्र्तगतका मुलुकमा उडान गर्न निषेध गरेको छ । यसैगरी उसले नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्न युरोपेली नागरिकलाई आग्रह समेत गरेको छ ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल भने आइकोओको निर्देशन अनुसार धेरै विषयमा सुधार गरिसकेकाले कालोसूचि नलम्बिने दावी गर्छन् । “दुर्घटना भएपछि चासो त पक्कै राख्छन्” उनले भने, “तर यसैका कारण कालोसूचि नलम्बिएला ।”
यसअघि सन् २०१४ मा नेपाल वायुसेवा निगमको ट्विनेटर विमान अर्खाखाचीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।
.
प्रतिक्रिया