वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संस्थापक सेयरधनीले एफपिओमा लगानी गर्न नपाउने

अर्थटुडे
२०७२ फाल्गुन १४, शुक्रबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरधनीले फर्दर पब्लिक अफरिङ (एफपीओ)मा लगानी गर्न नपाउने स्पष्ट पारेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले मंलबारदेखि निष्कासन खुला गरेको एफपीओमा संस्थापक सेयरधनीले लगानी गर्नेबारे विवाद भएपछि बोर्डले विहिबार नेपाल राष्ट्र बैंकको सल्लाह लिई संस्थापक सेयरधनीले एफपीओमा आवेदन दिन नपाउने जनाएको हो ।

securities-board-nepal-SEBONबोर्डले विहिबार विज्ञप्ती जारी गरी धितोपत्र दर्तातर्फ निष्कासन निर्देशिका २०६५ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७२ अनुसार सर्वसाधारणलाई छुट्ट्याएको सेयरमा संस्थापक समूहले लगानी गर्न नपाउने व्यवस्था रहेको उल्लेख गर्दै लगानी नगर्न भनेको छ ।

बैंकले ५०१ रुपैयाँ प्रिमियमसहित ६०१ रुपैयाँ प्रतिकित्ताका दरले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर फर्दर पब्लिक अफरिङ गरेको छ । हाल ६ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सो एफपीओपछि चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । सो एफपीओबाट मात्र बैंकले ५ अर्ब ४५ करोड ७ लाख रुपैयाँ संकलन गर्नेछ ।  ९० करोड ६९ लाख ३८ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा समायोजन गरी बाँकी रकम सञ्चित कोषमा जम्मा गर्नेछ । यसरी उठाएको प्रिमियम सञ्चित कोषमा जम्मा गरी सो रकमबाट बोनस सेयरमात्र लाभांशको रूपमा वितरण गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ