काठमाडौं । साताको अन्तिम दिन विहिबार सेयर बजार परिसुचक (नेप्से) सामान्य उकालो लागेको छ । बुधबार दोहोरो अंकले घटेको बजार ३.६२ अंकले बढेर १,२८३.५२ अंकमा पुगेको हो । बिमा समूहबाहेकका सबै समूह उकालो लागेपछि बजारमा असर देखिएको हो ।
बिहीबार कारोबार सुरु भएदेखि घट्न थालेको सेयर बजार मध्य समयदेखि उकालो लागेको थियो । कारोबार सुरु हुँदा १२७०.९ अंकमा रहेको नेप्से परिसूचक ३.६२ अंकले बढेर बन्द भएको हो । यस्तै कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.७२, विकास बैंक ३.६७, जलविद्युत् ७.०१, बिमा १७.९३ र अन्य समूह ३.५२ अंकले बढेका छन् भने बिमा समूह ३.४ अंकले घटेको छ र होटल समूह स्थिर छ ।
बिहीबार ५१ करोडको कारोबार भएको छ । नेप्सेमा ११६ कम्पनीको २ हजार ११८ कारोबारबाट ५१ करोड ३२ लाख २९ हजार रुपैयाँबराबरको २१ लाख ३० हजार ९४ कित्ता सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै मूल्यको नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । यस्तै नेपाल ग्रामीण विकास बैंक, नमस्ते वित्तीय संस्था, फेवा विकास बैंक, महालक्ष्मी फाइनान्स र वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले बिहीबार सबैभन्दा बढी कमाए भने सगरमाथा इन्स्योरेन्स, तिनाउ डेभलपमेन्ट बैंक, विराटलक्ष्मी विकास बैंक, जेविल्स फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।
प्रतिक्रिया