काठमाडौं । सिद्घार्थ बैंकले एकैदिन बाँकेको कोहलपुर, संखुवासभाको खाँदबारी र धनुषाको क्षिरेश्वरमा गरी तीन शाखा खोलेको छ । कोहलपुर शाखाको उद्घाटन कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद शर्मा र बैंकका सञ्चालक वीरेन्द्रकुमार शाहले, खाँदबारी शाखाको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री र बैंक सञ्चालक हेमन्त ज्ञवाली र महेशप्रसाद पोखरेलले तथा क्षिरेश्वर शाखाको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईं र बैंकका सञ्चालक रतनलाल केडियाले संयुक्त रूपमा गरे ।
यी शाखामार्फत आधुनिक बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब ६३ करोड निक्षेप संकलन तथा ४० अर्ब ३० करोड कर्जा लगानी गरी ७९ करोड सञ्चालन नाफा गरेको जनाएको छ ।
सिद्धार्थ बैंकले खोल्यो कोहलपुर, खाँदबारी र क्षिरेश्वरमा
२०७२ फाल्गुन १४, शुक्रबार
प्रतिक्रिया