वि.सं. २०८१ मंसिर २०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना, दुईको मृत्यु

अर्थटुडे
२०७२ फाल्गुन १४, शुक्रबार

काठमाडौं । विमानमा खरावी आएपछि एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको सो विमान दुर्घटना भएको हो । सो दुर्घटनामा परी पाइलट दिनेश न्यौपाने र को — पाइलट सन्तोष रानाको मृत्यु भएको छ ।air kastamandap

विमानमा खरावी आएपछि बलपूर्वक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । विमानको अगाडीको भाग खेतमा जोतिएको थियो । सो विमानमा ११ जना सवार थिए भने ९ जना घाइते भएका छन् ।

त्यसमध्ये एकको अवस्था गम्भीर रहेको छ । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । प्रमूख जिल्ला अधिकारी प्रदिप श्रेष्ठका अनुसार श्री एयरको हेलिकोप्टर घटनास्थल पुगेको छ ।

सो विमानमा मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए ।
उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ