काठमाडौं । केही समययता अमेरिकी डलरको भाउले दिनानुदिन नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार नेपाली रुपैयाँ अमेरीकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ ।
एक अमेरिकी डलर किन्नको लागि नेपाली एकसय १० रुपैयाँ २८ पैसा खर्चनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो हाल सम्मकै उच्च हो ।
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमयदर स्थिर रहेकोले भारतीय रुपैयाँ कमजोर हुदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ । एकातिर अमेरिकी अर्थतन्त्र बलियो हुदै गएको र भारतमा भएको पोर्टफोलियो इन्भेष्टमेन्ट फिर्ता हुँदै गएका कारण डलरको भाउ बढेको विज्ञहरुको भनाइ छ ।
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट आयात हुने सम्पुर्ण सामग्रीको भाउ बढ्ने छ । जसको कारण मुद्रास्फिर्तिमा पनि असर पर्ने छ ।
प्रतिक्रिया