चिरञ्जिवी नेपाल
गर्भनर, नेपाल राष्ट्र बैंक
सहकारी भनेको राम्रो उद्देश्यका लागि संसारमा प्रार्दुभाव भएको हो । रोर्वट वन भन्ने व्यक्तिले वेलायतमा १७१ वर्षअघि सहकारीको सुरुवात गरे । माक्र्सलाई पुस्तक प्रकाशन गर्नका लागि सहयोग गर्ने धनी व्यक्तिले आफुसँग भएको रकम प्रयोग गरी मजदुरहरुसँग मिलेर सहकारी प्रयोगमा ल्याएका हुन् । त्यसैले सहकारी भनेकै समर्पित क्षेत्र हो । उद्यमशिलता विकास गर्ने र वित्तीय साक्षरता तथा वित्तीय ज्ञानको पहुँच बढाउने उद्देश्यका साथ संसारमा सहकारी विधी प्रयोगमा आएको हो । यो त उद्यमशिलताको स्कुल हो ।
संसारका विकसित देशमा सहकारी प्रभावकारी र प्रभावशाली छन् । एसियाको दोस्रो ठूलो अर्थतन्त्र भएको देश सिङगापुरमा हरेक २ जनामध्ये एक जना सहकारीमा आवद्ध छन् । यस्तै स्विडेन ३ जनामा एक, जापान ४ जनामा एक, फिडल्यान्डमा ५ जनामा एक, लण्डनमा ८ जनामा एक, अमेरिकामा १० जनामा एक, क्यानडामा ८ जनामा एक सहकारीमा आवद्ध छन् । को अपरेटिभ युनियन नाममा सहकारी प्रभावकारी काम गरेका छन् । सहकारी वित्तीय पहुँच नपुगेकालाई पहुँच पु¥याउने संस्था हो । बैंकले त सबैमा पहुँच पु¥याउन सक्दैन । विकसित देशमा पनि बैंक पुग्न नसकेर सहकारीको प्रवद्र्धन गरिएको हो । त्यहाँ मानीसहरु जीवन सहज र सरल बनाउन सहकारीमा आवद्ध छन् । दैनिक कारोबार र क्षमता अभिवृद्धि गरेका छन् ।
जब सहकारीमा लागेर व्यक्ति धनी हुन खोज्छ त्यसपछि विकृती आउँछ । म करोडपति\अर्वपति हुन्छु भन्ने उद्देश्य लिएर सहकारीमा होमिनुभएको छ भने सहकारीमा नलाग्नुहोस्, जहाँनेर कमाउने उद्देश्य लिएर सहकारीमा होमिन्छन् उनीहरुले विकृती लिएर आउँछन् । नेपालमा पनि ठ्याक्कै त्यही भइरहेको छ । छिट्टै धनी हुने उद्देश्यका व्यक्तिहरुका कारण विकृती आएको छ । धनी हुनुछ भने, बेग्लै आफ्नो व्यवसाय गर्नुहोस् । सहकारीलाई बदनाम गराउँने काम नगर्नुहोस् ।
नेपालमा विपी कोइरालाले इजराइलमा सहकारीले राम्रो काम गरेको देखेर यो गर्न सके हामी पनि आर्थिक विकास गर्न सकिन्छ भनेर सहकारी सुरु गर्नुभएको हो । तर, हामी सुन्दैछौं सहकारीले सर्वसाधारणको अबौं रुपैयाँ ठगी गरेका छन् ।
हाम्रोजस्तो अति विकट, गरिव र साक्षरता कम भएको देशमा सहकारीको माध्यमबाट गलत तत्वले फाइदा लिएका छन् । सहकारी जस्तो राम्रो र विशिष्ट शब्दलाई नै बदनाम गराएका छन् । हामीकहाँ वित्तिय साक्षरता, पहुँचको अभावका साथै पैसाबाट सदुपयोग कसरी गर्ने भन्ने थाहा नभएका सर्वसाधारणको पैसा गलत तरिकाले प्रयोग गर्दा सहकारीकै बदनाम भएको छ ।
जसरी लाइसेन्स दिएका बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप सुरक्षण गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको हो, त्यसैगरी सहकारीमा रहेको निक्षेप सुरक्षित गर्ने जिम्मेवारी सहकारी मन्त्रालय, सहकारी विभाग र डिभिजन कार्यालयहरुको हो । तर सहकारी संख्याको तुलनामा अनुगमन गर्ने निकायको क्षमता कम भएकाले सहकारीमा स्वनियमन पनि हुनुपर्छ । त्यसैले म तपाईहरुलाई आग्रह गर्छु–आफुले कारोबार गर्ने संस्थाबारे राम्रोसँग बुझ्नुपर्छ । साथी या नातेदारले हेरको छ भनेर ढुक्क हुनुहुदैन । मेहनतको पैसा लगाउनुभएको छ । विचार गर्नुहोस्, विश्वासघात त भएको छैन । मान्छको नियतमा खोट पनि हुनसक्छ । त्यसैले आफुले बचत गरेको सहकारीको बैठक र साधारणसभामा उपस्थित भएर सुक्ष ढंगले हेरेर गलत काम भएको भए नियामक निकायलाई सुचना दिनुहोस् ।
सहकारीलाई तपाईहरु अर्थतन्त्रको एउटा खम्बा भन्नुहुन्छ । मेरो बिचारमा सहकारीलाई खम्बाको आधारमा संकुचित गर्नु हुदैन । समूहगत रुपमा आवद्ध भई लगानी व्यवस्थापन, पुँजी परिचालन गर्ने सहकारी धेरै ठुलो खम्बा हो । यसको आधारमा अन्य आर्थिक क्षेत्रको विकास हुने गरेको छ । यहाँबाट उद्यमशिलता सिक्ने र यसैबाट पुँजी लिएर लगानी गरी आर्थिक विकास गर्ने हो ।
अन्त्यमा, अहिले सहकारी ऐनबारे व्यापक छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय परिवेशमा प्रयोगमा आएका मान्यता र परिवर्तनलाई हाम्रो ऐनमा पनि समेटिए सहकारीका विकृतीलाई कम गर्न सकिन्छ । त्यतातिर सहकारी अभियानले ध्यान पु¥याउनुपर्छ ।
राष्ट्रिय सहकारी बैंकको १२ औं साधारणसभा दिएको मन्तव्यको संपादित अंश
प्रतिक्रिया