काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंकले आफ्ना सेयर सदस्यलाई १३ प्रतिशत लाभांस दिने भएको छ । बैंक संचालक समितिले राखेको लाभांस प्रस्ताव शनिबार सम्पन्न साधारणसभाले पारित गरेको हो ।
३६ शाखामार्फत साढे ७ हजार सहकारीलाई वित्तीय सेवा दिइरहेको बैंकले गत आर्थिक वर्षसम्ममा ८ अर्व ६२ करोड निक्षेप संकलन तथा ४ अर्व ३३ करोड लगानी गरी १२ करोड ८३ लाख खुद नाफा गरेको सभामा अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी ऐन, नियममा समयानकुल सुधार नहुँदा अवौं ठगी भएको उल्लेख गर्दै यसलाई परिवर्तन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । उनले विपन्न, ग्रामिण र पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी सशक्त माध्यम भएको बताइन् ।
गर्भनर डा. चिरञ्जिवी नेपालले सहकारीबाट रातारात धनी हुन खोज्दा विकृती भित्रिएको दावी गरे । सिङगापुर, स्विडेन, जापान, अमेरिकालगायतका विकसित देशमा समेत सहकारी अत्यन्त प्रभावशाली भएको उदाहरण दिदै गर्भनर डा. नेपालले बैंकको पहुँच नपुगेको क्षेत्रमा सहकारीले वित्तीय सेवा दिनुपर्ने आवश्यक्ता औल्याए । नेपालमा वित्तीय साक्षरता नपुगेका र पैसाको महत्व नबुझेका अशिक्षित सर्वसाधारणलाई प्रयोग गरेर सहकारीमा लाग्ने व्यक्तिले फाइदा उठाएको उल्लेख गर्दै उनले भने– “पैसाबाट सदुपयोग कसरी गर्ने थाहा नभएका व्यक्तिबाट पैसा उठाएर गलत तरिकाले प्रयोग गर्दा सहकारीकै बदनाम भएको छ ।”
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब प्रसाद बडालले सहकारी क्षेत्रको सुझावलाई समेटेर सहकारी ऐन ल्याउनुपर्ने उल्लेख गरे ।
उत्कृष्ट सहकारी सम्मानित
सहकारी बैंकले साधारणसभाकाे अवसरमा अाठ सहकारी संघ/संस्था सम्मान तथा पुरस्कृत गरेकाे छ । क्षेत्रिय रुपमा सम्मानित हुने सहकारी संस्थाहरुमा नवदुर्गा बहुउदेश्यीय सहकारी, दमक (पूर्वाञ्चल), संजिवनी साकाेस, मकवानपुर (मध्यमाञ्चल), लुम्बिनि साकाेस, बुटवल (पश्चिमाञ्चल), समूदायिक साकाेस, घाेराही (मध्यपञ्चिमान्चल), किसान जागरण बहुमुखी सहकारी, कञ्चनपुर (सुदुरपश्चिमाञ्चल) रहेका छन् ।
उपत्यकामा सिद्दिगणेश साकाेस भक्तपुर, महिला सहकारीमा महिला साकाेस, इटहरी सुनसरी रहेका छन् । त्यस्तै उत्कृष्ट उत्पादन सहकारी विधामा बाग्लुङ दुग्ध उत्पादक सहकारी रहेका छन् । त्यस्तै सम्मानित व्यक्तिमा अाेमप्रकाश शर्मा (पूर्व संचालक तथा लेखा समिति संयाेजक), राजेशहरि जाेशी (पूर्व अध्यक्ष), गाेविन्द बहादुर मल्ल (पूर्व संस्थापक संचालक) र विश्वमाेहन अाचार्य (खाेज अनुसन्धान तथा सहकारी विध्याविराधी ) रहेका छन् ।
प्रतिक्रिया