वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार डेपुटी गभर्नर नियुक्त हुने सम्भावना, सिवाकोट र श्रेष्ठ हुने सम्भावना

अर्थटुडे
२०७२ फाल्गुन १६, आईतवार

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकको लागि नयाँ डेपुटी गभर्नर नियुक्त हुनेछन् nepal rastra bank। अव बस्ने मन्त्रीपरिषद्को बैठकले नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने छ । गत विहीबार नै डेपुटी गर्भनर नियुक्तीको तयारी भए पनि मन्त्रिपरिषद्को बैठक नबसेकोले सो को निर्णय हुन सकेन ।

पहिलो पटक गभर्नर डा. चिरञ्जीवी नेपालले त्रिलोचन पंगेनी, नारायण पौडेल, चिन्तामणि शिवाकोटी र शिवनाथ पाण्डेको नाम सिफारिस भएको थियो । तर पछि पंगेनीको सट्टामा श्रेष्ठको नाम सिफारिस गरिएको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार चिन्तमणि सिवाकोटी र शिवराज श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्ती हुने सम्भावना छ । सिवाकोटी प्रधानमन्त्री केपी ओलीका वाल्यकालका साथी र आफन्त दुबै हुन भने श्रेष्ठ प्रधानमन्त्री पत्नी राधिका शाक्यका आफन्त हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ