झापा । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भारतबाट अझैपनि पर्याप्त मात्रामा इन्धन नआएकोले पेट्रोलियम पदार्थको अभाव भएको बताएका छन् । उनले देशमा भइरहेको इन्धन आपूर्तिको असहजतालाई छिट्टै सहज बनाइने समेत बताए ।
क्रान्तिकारी पत्रकार संघ झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले चीनबाट इन्धन ल्याउने र झापासहित देशभर इन्धन भण्डारणका लागि पाँच ठाउँमा इन्धन भण्डारण केन्द्र खोल्ने समेत बताए ।
’अहिले भारतबाट ७० प्रतिशत मात्रै इन्धन आइरहेको छ, बाँकी ३० प्रतिशत इन्धन चीनबाट ल्याउन चीनसँग छिट्टै पारवहन सम्झौता गरिने छ’ उनले भने ।
इन्धन भण्डारणका लागि जिल्लाको चारआलीमा डिपो सञ्चालन गर्न जग्गा खरिद गरेर तत्काल प्रक्रिया अघि बढाइने छ । हाल चारआलीमा भइरहेको निगमको कार्यालयमा इन्धन भण्डारण गर्ने क्षमता कम भएकाले त्यसलाई बढाइने मन्त्री पुनले बताए ।
भारतबाट ७० प्रतिशत मात्र इन्धन,३० प्रतिशत चिनबाट ल्याउछौः पुन
२०७२ फाल्गुन १६, आईतवार
प्रतिक्रिया