वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

योगको जन्मभूमी नेपालको पहिचानको उजागरको लागि योग महोत्सव हुने

अर्थटुडे
२०७२ फाल्गुन १६, आईतवार

काठमाडौ । फागुन २४ गतेदेखि तीन दिनसम्म काठमाडौमा विश्व योग उत्वसको आयोजना गरिने भएको छ । योगको जन्मभूमी नेपाल भएपनि त्यो पहिचान ओझेलमा परेकोले त्यसलाई स्थपित गर्न भन्दै महोत्वसको आयोजना गर्न लागिएको हो ।yog

महोत्सवमा नेपालका परम्परागत योग अभ्यासमा केन्द्रीत ४५ भन्दा बढी सस्थाका प्रतिनिधि, योगी, यूरोप र अमेरिकामा रहेर योग साधना गर्ने योगी र ध्यानीहरुको सहभागिता रहने विश्व योग उत्वस मुल समारोह समितिका संयोजक योगी प्रकाशले जानकारी दिए ।

योग महोत्वसमा नेपाली र अग्रेजी दुबै भाषामा योगको साधान, यसको अन्र्तबस्तुको ब्याख्या र छलफल हुने जानकारी दिदै योगी प्रकाशले योगको विकास नेपालमा भएर विश्वभरी त्यसको प्रकाश फैलिएपनि त्यसलाई अरुले नै जस लिने गरेकोले आफूहरुले त्यस्तो भ्रम चिर्न महोत्वसको आयोजना गर्न लागेको बताए ।

योगी आर्यले अहिले योगलाई केवल स्वास्थ्यसँग मात्रै जोडेर विकृत बनाईएको भन्दै महोत्वसको क्रममा शास्त्रीय परम्परागत योगको विषयमा जानकारी दिएको बताए ।

अमेरिकाबाट आएकी योगी गोपिकाले आफूले लामो समयदेखि अमेरिकामा योग साधान गराईरहेपनि नेपाल योगको जन्मभूमि भएको जानकारी नभएको भन्दै यस्ता महोत्वसले बास्तविकता उजागर गर्ने बताईन । उनले परम्परागत र शास्त्रीय योगलाई बचाउन सके मात्रै योगको विकास हुने दावी समेत गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ