काठमाडौं । सनराइज बैंकले नारायणी नेशनल फाइनान्स किन्ने भएको छ । सोमबार नारायणी नेशनल फाइनान्स किन्नको लागि दवैपक्षविच सम्झौता भएको छ ।
दुबै संस्थाका सञ्चालक समितिहरुको सोमबार बसेको संयुक्त बैठकमा नारायणी नेशनल फाइनान्सलाई सनराईज बैंकले प्राप्ति गर्ने संद्धान्तिक सहमतिमा हस्ताक्षर भएको बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।
नारायणी नेशनल फाइनान्स किन्ने सम्झौतापत्रमा सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड र फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले हस्ताक्षर गरेको जनाइएको छ ।
सहमतिमा सम्पत्ति दायित्वको मूल्यांकनको निमित्त परामर्शदाता नियुक्त गर्ने निर्णय भएको समेत जानकारी दिइएको छ । सनराईज बैंकले हाल ३० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न विशेष साधारण सभा बोलाएका थियो ।
तर फाइनान्स किन्ने भएपछि सनराइजले डाकेको विषेश साधारण सभा पनि स्थगित गर्ने निर्णय भएको छ । फाइनान्स किनेपछि कायम हुने पूँजी अनुसार हकप्रद जारी गर्ने सहमति भएको छ ।
प्रतिक्रिया