वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विमा समूहका लगानीकर्ताले राम्रो कमाए, विमा परिसुचक ११९ अंकले बृद्धि

अर्थटुडे
२०७२ फाल्गुन २३, आईतवार

काठमाडौं । आइतबार सेयर बजार ५.७८ अंकले बढेर १३०६.५४ अंकमा पुगेको छ । यसदिन फाइनान्स कम्पनी र अन्य सुचक वाहेक सबै समूहगत परिसुचक बढेको छ । आइतबार बिमा समूहको परिसुचक ११९ अंकले बढेको छ भने होटल २४ अंकले बढेको छ । share
आइतबार नेको इन्स्योरेन्सको सवैभन्दा धेरै सात करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै इन्भेष्टमेन्टपछि लाइफ इन्स्योरेन्स,सिद्धार्थ इन्स्योरेन्स, आरएमडिसी लगायतको वढी कारोबार भएको छ ।

यसदिन नेको इन्स्योरेन्स, हामा मर्चेन्ट, प्रिमियर इन्स्योरेन्स, मिथिला लघुवित्त, सेती फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सिछार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र अपि पावर कम्पनीका लगानीकर्ताले सवैभन्दा बढी कमाएका छन् ।

त्यस्तै बढी गुमाउनेहरुमा पोखरा फाइनान्स, अरनिको डेलपमेन्ट, इन्नोभेटिभ डेलपमेन्ट, लगायतका लगानीकर्ताहरु रहेका छन् । यसदिन ७८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ