वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भूकम्प पिडितले पाउने भए अनुदान,एकसाताभित्र दिने प्राधिकरणको भनाई

अर्थटुडे
२०७२ फाल्गुन २३, आईतवार

काठमाडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई एक साताभित्र अनुदान दिन सुरु गर्ने बताएको छ । प्राधिकरणले निजी आवास निर्माणका लागि दोलखाको सिंगटीबाट अनुदान दिन सुरु गर्ने बताएको हो ।
प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी सो अनुदान २० गतेबाट बाड्न सुरु गर्ने भनिएपनि कांग्रेसको महाधिवेशनको कारण ढिला भएको बताएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीका अनुसार पहिलो किस्ता ५० हजार बैंकमार्फत उपलब्ध गराइने र भुकम्प पिडितले अनुकुल समय मिलाएर सो रकम निकाली घर बनाउन सक्नेछन् ।
त्यस्तै पिडितले दोस्रो किस्तामा ८० हजार र तेस्रो किस्तामा ७० हजार रुपैयाँ पाउने छन् । सरकारले भुकम्प प्रभावितहरुलाई २ लाख रुपैयाँ अनुदान दिने सम्बन्धी कार्यविधि ४ दिन पहिले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ