वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिनियाँ कम्पनी साइनो म्याक्सले भारतको भन्दा सय रुपैयाँ कममा ग्यास दिने

अर्थटुडे
२०७२ फाल्गुन २८, शुक्रबार

काठमाडौं । चिनियाँ कम्पनी साइनो म्याक्सले भारतको भन्दा कम मुल्यमा नेपाललाई ग्याँस दिने प्रस्ताव गरेको छ । भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनको सो कम्पनीबाट ग्याँस ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । gas pic
आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपाललाई सो कम्पनीले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन(५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो ।

प्रतिसिलिन्डर अर्थात १४ं२ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ । राजश्व र मूल्य अभिवृद्धि करसहित मूल्उ २०७ रुपैयाँ थपिन्छ ।

ढुवानी, कमिसनलगायत खर्च जोड्दा उपभोक्ताले १ हजार ४०० रुपैयाँमा किनिरहेका छन् । सो मूल्यमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ९७ रुपैया घाटा छ ।
यो हिसावमा चीनको ग्यास निकै सस्तो छ । ढुवानी जोड्दा पनि भारतको भन्दा सस्तो हुन्छ । चर, नेपाल तर्फको सडक कच्ची भएकाले समस्या हुने मन्त्रालयका सहसचिव नागिलाले भने । कारोबार दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ