वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीईडीवी हाइड्रोफन्डले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

अर्थटुडे
२०७२ चैत्र २, मंगलवार

काठमाडौं । जलविद्युतमा लगानी गर्नका लागि स्थापित सीईडीबी हाइड्रोफन्ड लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । ६ महिनाभित्र साधारण सेयर निष्कासन गर्ने लक्ष्यका साथ कम्पनीले आन्तरिक तयारी गरीरहेको छ । ipo

सीईडीबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय भण्डारीका अनुसार सीईडीबी होल्डिङ कम्पनी भए पनि बिक्री प्रबन्धकले सेयर निष्कासन गर्न मिल्ने भनेपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेको हो ।  सेयर संरचनाको विषयमा आन्तरिक छलफल भइरहेको र १५ लाख कित्ताभन्दा बढी निष्कासन हुने भण्डारीले बताए । 

धितोपत्र बोर्डबाट अन्तिम निष्कासन स्वीकृति प्राप्त गरेपछि प्रक्रिया सुरु हुने उनको भनाइ छ । कम्पनीको चुक्तापुँजी ३८ करोड रुपैयाँ छ । सीईडीबीले राधी जलविद्युत् कम्पनी लिमिटेडबाट ४.४ मेगावाटको राधी साना जलविद्युत् आयोजना सम्पन्न गरिसकेको छ ।

सो आयोजनाले सर्वसाधारणलाई सेयर निष्कासन पनि गरिसकेको छ । भण्डारीका अनुसार राधी आयोजना सम्पन्न गरेपछि सीईडीबीले दोलखामा रहेको ११ मेगावाट क्षमताको तल्लोखारे जलविद्युत् आयोजना पनि निर्माण गर्दैछ ।

सीईडीबीले आगामी ५ वर्षभित्र ३० मेगावाट क्षमताका ४ जलविद्युत् आयोजना सम्पन्न गर्ने लक्ष्य तय गरेको छ । यसअवधिमा उसले ५ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । सीईडीबीले राधी, खारेको अतिरिक्त १० मेगावाटको दोर्दी १ र ५ मेगावाटको रुकुमगाड आयोजना समेत बनाउँदै छ ।

तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकको अगुवाइमा जलविद्युत्मा लगानी गर्ने उद्देश्यका साथ सीईडीबीको स्थापना भएको हो । क्लिन इनर्जी एनएमबी बैंकमा विलय भइसकेको छ । सीईडीबीमा एनएमबी बैंकको १ करोड रुपैयाँको संस्थापक सेयर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ