वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल र चीनबीच १० वटा सम्झौता, पारवाहन र स्वतन्त्र व्यापार सम्बन्धी सम्झौतालाई विषेष प्राथमिकता

अर्थटुडे
२०७२ चैत्र ८, सोमबार

बेइजिङ । नेपाल र चीनबीच विभिन्न १० वटा सम्झौता भएको छ । पारवहन, व्यापार, सोलार प्लान्ट जडान गर्ने, पोखरा विमानस्थल निर्माण गर्ने सम्बन्धी सम्झौता रहेको छ ।PM-Oli-at-china-3

पोखरा विमानस्थल निर्माणका लागि २५ प्रतिशत विना ब्याजको अनुदान दिने, नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण गर्ने, स्वतन्त्र व्यापार गर्न पाउने, ट्रेडमार्क दर्ता गर्ने सम्बन्धी सम्झौता रहेको छ ।

नेपाल र चीनविच बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौता समेत भएको छ । त्यसैगरी हुम्लाको हिल्सामा पुल निर्माण गर्ने र एक्जिम बैंकको ऋण सम्बन्धी पनि सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच ति दशवटा सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका हुन् ।

नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको छ । यो सम्झौताबाट नेपालले तत्काल कुनै उलेख्य लाभ नलिए पनि दीर्घकालीन रुपमा महत्वपूर्ण लाभ लिने छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयको एसिया भिगाकी सहायक निर्देशक हो यन्सीले यो भ्रमण ऐतिहासिक महत्वको भएको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ