वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकले पायो मास्टरकार्ड इनोभेसन पुरस्कार, अझै नवीनतम सेवा दिने प्रतिवद्धता

अर्थटुडे
२०७१ असार १०, मंगलवार

काठमाडौं । सिभिल बैंक मास्टरकार्ड इनोभेसन पुरस्कारबाट सम्मानित भएको छ । भारतको गोवामा आयोजित ‘मास्टर कार्ड पेमेन्ट स्ट्राटेजी कार्यशाला २०१४’ मा डेविट कार्ड श्रेणीमा बैंकको ओभर ड्राफ्ट कार्ड जारी गरेवापत सम्मानीत भएको हो ।

award
ग्राहकको चाहना अनुसार नौला सेवाहरु ल्याउने निरन्तर प्रयासको प्रतिफल स्वरुप उक्त पुरस्कार पाएको बैंकले जनाएको छ । ‘सिभिल बैंक ओभर ड्राफ्ट कार्ड हामी सम्पूर्ण नेपालीहरुको बैंकिङ पहुँचको लागि प्रयासरत छौं, यस अघि पनि मोबाइलमै नगद कार्डलेस क्यास सेवाअन्र्तगत हामीले एटीएम कार्डको प्रयोग बिना सिभिल बैंकका सबै एटीएमहरुबाट मोबाइलको माध्यमबाट रकम झिक्न सकिने सेवा सफलताका साथ शुरु गरीसकेका छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने । उनले आगामी दिनमा पनि नवीनतम सेवाहरु ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बैंकले जारी गरेको कार्डको ओभर ड्राफ्ट सिमा दुई लाख वा निवेदकको मासिक कुल आयको दोब्बरमा जुन कम छ सोही सीमासम्म रहेको छ । नेपाल तथा भारतमा प्रयोग गर्न सकिने यस कार्डको प्रयोगवापत उपभोग गरेको ऋणको व्याजबाहेक थप शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ