काठमाडौं । चीनको बेइजिङमा नेपाल र चीनले बुधबार १५ बुदे संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । सो बक्तव्यमा नेपाल र चीन इन्धन व्यापार सम्झौताका लागि तयार भएको कुरा उल्लेख गरिएको छ ।
नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न चीन तयार भएको पनि बक्तव्यमा उल्लेख छ ।
सो बक्तव्यमा इन्धनको व्यापारका लागि सम्वद्ध कम्पनीहरुलाई छलफल अघि बढाउन र मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सारबारे निर्णयमा पुग्न समेत भनिएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीको भ्रमणका क्रममा इन्धन व्यापार सम्झौता हुने भनिएपनि इन्धन सम्झौता नभएपछि त्यसका लागि प्रतिवद्धता मात्र आएको छ ।
साथै नेपालमा इन्धन भण्डारण स्थल निर्माणका लागि दुबै पक्ष तयार भएका छन् । र, नेपालमा ग्यास तथा तेलको सम्भाव्यता अध्ययनका लागि चीनले सहयोग गर्ने औपचारिक सम्झौता पनि भइसकेको छ । त्यस्तै रेलवे सेवा तर्फ प्रस्तावित रसुवागढी—काठमाडौं र काठमाडौं—पोखरा—लुम्बिनीको रेल्वे सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)का लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने संयुक्त वक्तव्यमा उल्लेख गरेको छ । त्यस्तै बक्तव्मार्फत उर्जामा सहकार्यका लागि दुवै देश दीर्घकालीन संयन्त्र बनाएर अघि बढ्न सहमत भएका छन् ।
उर्जाको लागि अरुण किमाथांक हाइड्रो, रसुवागढी—केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन र काठमाडौं—खाँदवारी—धनकुटा रोड दुई लेनको बनाउन सम्भाव्यता अध्ययन तथा डीपीआरका लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने पनि उल्लेख छ ।
यस्तो छ नेपाल र चीनले गरेको संयुक्त विज्ञप्तिको भावानुवाद अन्नपुर्णपोष्टबाट
त्यस्तै गरी अरनिको राजमार्ग मर्मत गर्न पनि चीन तयार भएको छ,भने क्रस बोर्डर इकोनोमिक जोन बनाउने, अरु भन्सार नाकाहरु खोल्दै जाने र हालै भएको पारवहन सम्झौता कार्यान्वयन तथा सीमा व्यवस्थापनका लागि गर्ने छलफल अघि बढाउने दुई देशको सहमति छ ।
चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रको २५ परियोजनाका लागि सहयोग गर्ने र ३ बिलियन आरएमबी अर्थात करिव ५० खर्ब रुपैयाँ २०१६—०१८ मा खर्च गर्ने गरी दिने सो संयुक्त वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया