काठमाडौ । नेपाल बैंक आठ अर्व चुक्ता पुँजी पुर्याउने पहिलो बैंक बन्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि गरी आठ अर्व पुर्याउन बाणिज्य बैंकहरुलाई निर्देशन दिएपछि नेपाल बैंक पहिलो पुँजी पुर्याउने बैंक बन्न लागेको हो ।
बैंकले २३.७४३ प्रतिशत अर्थात (१००ः२३.७४३) हकप्रद निष्काशन गरेर चुक्ता पुँजी आठ अर्ब र्पुयाउन लागेको छ । नेपाल बैंकको ६ गते बसेको सञ्चालक समितिको बैंठकले हकप्रद सेयरको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर बाँडफाँटपछि बैंकको चुक्ता पुँजी ठिक आठ अर्ब रुपैयाँ पुग्नेछ ।
यस्तै बैंकले करिव चार वर्षअघि १ः९.५ अनुपातमा हकप्रद सेयर निष्काशन गरेर पुँजी बृद्धि गरेको थियो भने सरकारले दिएको करिब दुई अर्ब ५० करोड रुपैयाँ ऋणलाई सेयरमा परिणत गरेर बैंकले चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ र्पुयाएको थियो ।
बैंकले अहिलेसम्म लगानीकर्तालाई भने लाभांस दिएको छैन । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा एक अर्ब चार करोड रुपैयाँ खुद नाफा गरेको थियो।
प्रतिक्रिया