वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चारदिनदेखि ओरोलो लागेको नेप्से उकालोतर्फ

अर्थटुडे
२०७१ असार १०, मंगलवार

काठमाडौ । चारदिनदेखि लगातार ओरालो लागेको नेप्से परिसुचक मंगलबार ५.९७ अंकले बढेर ९२३.५५ पुगेको छ । बैकिङ, जलविद्युत, विमा र फाइनान्स कम्पनीहरुको परिसुचक बृद्धि भएसँगै नेप्से बढेको हो ।


मंगलबार बैकिङ समुहतर्फ ६.१ अंकले बढेर ८४५.७ मा पुगेको छ भने जलविद्युत तर्फ २४.१८ अंकले बढेर २६२८.१४ पुगेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
सवैभन्दा बढी विमासमूहतर्फ ४८.८४ अंकले बढेर ३७५३.३३ मा पुगेको छ । त्यसैगरी फाइनान्सतर्फ ४.७ अंकले बृद्धि भइ ४६५.२१ अंकमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १४ लाख २३ हजार कित्ता सेयर ४७ करोड १९ लाखको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ