काठमडौं । गुराँस लाइफ इन्स्योरेन्स र प्रभु बैंक लिमिटेडबीच बैंक्योरेन्स सेवा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विहिबार समझदारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा गुराँस लाइफ इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक नारायण कुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरे ।
समझदारीपत्र अनुसार प्रभु बैंकले आफ्ना ग्राहकको आवश्यकता अनुसार जीवन बीमा गराई ग्राहक सुरक्षाका साथै ऋण रकम समेत सुरक्षीत पार्न सेवा प्रारम्भ गर्नका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी सँग सहकार्य गरेको छ ।
गुराँस लाइफ इन्स्योरेन्सले हालै मात्र शुरु गरेको वार्षिक नगद फिर्ता योजना लगाएत अग्रीम भुक्तानी, सावधिक जीवन बीमा, जीवन श्री र जीवन रक्षक लगाएत विभिन्न १० वटा जीवन बीमा योजनाहरुको सेवा प्रदान गर्ने सहमित भएको जनाइएको छ ।
प्रतिक्रिया