वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एच्आइडिसिएलको सेयर प्रमाणपत्र महिनादिनभित्रै

अर्थटुडे
२०७२ चैत्र १२, शुक्रबार

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर प्रमाणपत्र महिनादिनभित्र नै वितरण हुने भएको छ ।jalbidyut

कम्पनीले सर्वसाधारणका लागि गत कात्तिक १२ देखि २९ गतेसम्म १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गरेको थियो । प्रमाणपत्र छापिइरहेको र महिनादिनभित्र सेयरधनीले आफ्नो प्रमाणपत्र पाउने कम्पनीले जनाएको छ ।

पाँच सय कित्तासम्म लगानी गर्ने एक लाख ९५ हजार २०३ जना साना लगानीकर्तालाई ११.४० प्रतिशतले हुने ७४ लाख ५० हजार ६०३ कित्ता सेयर वितरण गरिएको छ ।

कम्पनीको सेयरमा ३ लाखभन्दा बढी सर्वसाधारणले लगानी गरेका थिए । कम्पनीले सेयर निष्काशन गरेको ६९औं दिनमा सेयरको बाँडफाँड गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ