काठमाडौ । बालाजु बाईसधारा हुँदै बाईपाससम्मको सडक विस्तार कार्य तत्काल रोक्न स्थानीय बासिन्दाले माग गरेका छन् । सो सडक काठमाडौ उपत्यका नगर विकास प्राधिकरणले विस्तार गरिहेको छ ।
स्थानीयबासिन्दाले शुक्रवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी प्राधिकरणले सडकको विचबाट दुबै तर्फ सात–सात मिटर क्षेत्रमा निर्माण भएका संरचना भत्काएकोले त्यस्तो कार्य रोक्न माग गरेका हुन ।
पत्रकार सम्मलेनमा स्थानीय पुष्कर कोइरालाले प्राधिकरणले पहिला लगाएको सात मिटरको चिन्ह भन्दा पर गएर संरचना भत्काउन थालेकोले स्थानीयहरु आतंकीत बनेको भन्दै मापदण्ड भन्दा बढी क्षेत्र किन ओगटेको भन्ने विषयमा सरकारले नागरिकलाई जवाफ दिनु पर्ने बताए ।
उनले यस विषयमा पुनरावेदन अदालत पाटनमा निषेधाज्ञासहितको निवदेन दिएको र त्यस विषयमा प्राधिकरणलाई समेत जानकारी दिएको अवस्थामा त्यसलाई बेवास्ता गर्दै आफू खुसी काम गरिरहेको भन्दै यसमा पछाडीका जग्गावाला र भु माफीयहरुको चलखेल रहेको आशंका ब्यक्त गरे ।
उनले भने,‘ पहिला सात मिटरमा प्राधिकरणले चिन्ह लगायो । जसलाई आधार बनाएर जनताले संरचना भत्काए तर अहिले फेरि त्यस भन्दा पर गएर संरचना भत्काईरहेको छ । यसले धेरै मानिस घरबार विहीन अवस्था आएको छ ।’
राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष शरदचन्द्र दाहालले बाईपासमा सडक विस्तारको नाममा राज्यको स्वेत आतंक जारी रहेको भन्दै सबै नागरिक मिलेर यसका विरुद्ध लड्न आब्हान गरे ।
उनले प्राधिकरण माफीयाको कुचत्रमा परेर यस्तो काममा लागेको भन्दै नागरिकको सुरक्षा गर्ने दायित्वबाट राज्य विमुख भएको दावी गरे ।
प्रतिक्रिया