काठमाडौं । फरवार्ड कम्यूनिटी माईक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । बैंकले आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर
सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । उक्त सेयर सर्वसाधारणमा जारी गर्नका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
यससम्वन्धी सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत आश नारायण चौधरी र नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली बीच हस्ताक्षर गरे । अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि चालु आवभित्रैमा सेयर निश्कासन गर्ने लक्ष्य राखेको छ ।
१७ मे २०१३ देखि औपचारीक रुपमा कार्य संचालन गर्दै आएको श्री फरवार्ड कम्यूनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको लघुवित वित्तीय संस्था हो । हाल यस संस्थाले देशभर आप्mना ७५ वटा इलाका\शाखा कार्यालय मार्फत लक्षित ग्राहकहरुमा सेवा प्रदान गर्दे आईरहेको छ ।
प्रतिक्रिया