काठमाडौं । बैंकबाट ऋण लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो समय उपयुक्त हो । अहिले ६ प्रतिशतको हाराहारीमा बैंकबाट घर कर्जा (होमलोन) पाइन्छ ।
दुईवर्षअघि १० प्रतिशतको हाराहारीमा व्याजदर रहेको बैंकहरुको घरकर्जाको व्याजदर अहिले सातप्रतिशत भन्दा तल झरिसकेको छ । यस्तै विकास वैंक र फाइनान्स कम्पनीहरुले पनि १० प्रतिशत भन्दा कममा घरकर्जा दिन थालेका छन् ।
भूकम्प र नाकाबन्दीका कारण दुई वर्ष अघिदेखि सुस्त रहेको घर निर्माण कार्य सुरु हुने अपेक्षासँगै बैंकहरुले नयाँ योजनाहरु ल्याएका हुन् । नियमित आम्दानी भएका ग्राहकहरुलाई लक्षित गरी यस्ता योजनाहरु बनाउने गरिएको बैंकहरुले जनाएका छन् । साँवा र व्याजको समान मासिक किस्ता (इएमआइ) तिर्न सक्ने आयस्रोत हेरेर घर धितोमा बैंकहरुले यस्तो कर्जा दिने गरेका छन् ।
पछिल्लो समयमा एनएमवि, माछापुच्छ्रे, नेपाल बैंक, लक्ष्मी बैंकका साथै सिदार्थ, अरनिको डेभपलपमेन्ट बैंक, महालक्ष्मी फाइनान्सहरुले नयाँ घर तथा अटो लोन सार्वजनिक गरेका छन् । जसमध्ये सवैभन्दा सस्तो एनएमवी बैंकको व्याजदर ६.६६ रहेको छ ।
अन्यकर्जाको तुलनामा जोखिम कम हुने र लगानीको लागि पनि सहज भएकोले व्याजदर घटाएर लगानी गरिएको बैंकहरुको भनाइ रहेको छ । यस्तोकर्जा लिदा ग्राहकले ऋण तिर्न अधिकतम प्रयास गर्नेहुदा डुव्ने सम्भावना कम हुने गरेको छ । भूकम्प र नाकावन्दीका कारण लामोसमयदेखि लगानी गर्न नसकेका बैंकहरुले तरलता बढी भएपछि योजना बनाएर कर्जा लगानी गर्न लागेका हुन् ।
चालु आर्थिक वर्षको माघसम्ममा बैंकहरुको कुल लगानी १४ खर्व ५८ अर्व रहेकोमा १५ प्रतिशत कर्जा घरजग्गामा रहेको छ । त्यसमध्ये ६१ अर्व ८२ करोड रियल स्टेडमा र एक खर्व ५८ अर्व व्यक्तिगत आवाशमा रहेको छ ।
घरजग्गा कारोबारमा बढी लगानीहुदा वित्तिय क्षेत्रमा नै समस्या आएपछि नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा लगानीको सिमा तोकेको थियो । जसअनुसार बैंकहरुले रियलस्टेडमा कुल कर्जाको २५ प्रतिशत भन्दा बढी लगानीगर्न पाउदैनन् । तर व्यक्तिगत घर बनाउनको लागि प्रवाह गरिएको एक करोड भन्दा कमको ऋणलाई छुट्टै शिर्षक अन्तर्गत राख्न पाउने भएकोले यस क्षेत्रमा लगानी थप्न बैंकहरुलाई सहज भएको छ ।
प्रतिक्रिया