वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्भेष्टमेण्टको एफपिओ बाँडफाँड चैत ३०, साना लगानीकर्तालाई फाइदा

अर्थटुडे
२०७२ चैत्र २७, शनिबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको एफपिओको बाँडफाँड चैत ३० गते हुने भएको छ । शुक्रबार बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक रहेको नागरिक लगानी कोषले सेयर बाँडफाँडको मोडेल धितोपत्र बोर्डमा पठाएको छ । सेयर बाँडफाँडको मोडेल बोर्डमा पठाएको ३ दिनसम्ममा शेयर बाँडफाँड हुँदै आएको छ । बैंकको तेस्रो त्रैमासिक वित्तिय विवरणमा भारी परिवर्तन आउने भएपछि बैंककै अनुरोधमा चैत ३० गते नै सेयर बाँडफाड गर्न लागिएको हो ।

Nepal-Investment-Bank

चैत ३० गते नै बैंकको शेयर बाँडफाँड भएमा बैंकको जगेडा मात्र साढे ५ अर्ब रुपैंयाले बढ्नेछ भने चुक्ता पूँजी पनि वृद्धि हुनेछ ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार साना र ठुला लगानीकर्ताको वर्गिकरण गरिएको अवस्थाका साथै सानालाई धेरै प्राथमिकता दिएको अवस्थामा यो एफपीओबाट पनि साना लगानीकर्ता धेरै लाभान्वित हुने देखिन्छ ।

६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया बढी हुनेछ । बैंकले ६०१ रूपैयाँमा एफपीओ जारी गरेकोमा झण्डै ४८ अर्ब रुपैयाँको आवेदन परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ