काठमाडौं । मानिस जन्मदै ऋणको भारी वोकेर जन्मन्छन् भन्दा तपाईलाई पत्याउन कठिन होला । तपाई पत्याउनुस् वा नपात्याउनुस् नेपालमा व्यतिm जन्मदै १९ हजार रुपैयाँ भन्दा बढी ऋण बोकेर जन्मने गरेको छ ।
यो ऋण उसको हजुरवुवा, वुवा वा आफन्तले गरेको ऋण होइन देशले जवरजस्त बोकाएको ऋण हो । महालेखा परिक्षकको कार्यालयले सोमबार जारी गरेको प्रतिवेदनमा एक नेपाली जन्मदै १९ हजार २३४ रुपैयाँ ऋण बोकेर जन्मने गरेको छ ।
महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७१\७२ सम्म नेपाल सरकारको कुल ऋणदायित्व ५ खवं ४४ अर्ब ९१ करोड ८६ लाख स्पैयाँ रहेको छ । जसमध्ये आन्तरिक ऋण २ खर्ब १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ र वैदेशिक ऋण ३ खर्ब ४३ अबं २६ करोड १८ लाख रहेको देखिन्छ ।
सो वर्षको कुल गार्हस्थ उत्पादन चालु मूल्यमा २१ खर्ब २५ अर्बमा कुल ऋण दायित्व २५ दशमलव ६४ प्रतिशत रहेको छ । केन्द्रीय तथ्ंयाकविभागको २०७२ आषाढको तथ्याकअनुसार नेपालको कुल जनसंख्या २ करोड ८३ लाख ३१ हजारलाइं आधार मान्दा यो वर्षसम्ममा प्रतिव्यक्ति कुल ऋण १९ हजार २३४ रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आथिृक वर्षको तुलनामा ८३५ रुपैयाँले कम हो ।
प्रतिक्रिया