वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओभरड्राफ्ट कर्जा लिएर सेयरमा लगानी

अर्थटुडे
२०७३ बैशाख २, बिहीबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ओभर ड्राफ्ट (ओडी) कर्जा लिएर सेयरमा लगानी गर्न थालेका छन् । बैंकबाट सेयर धितो कर्जा (मार्जिन ल्याडिङ) को तुलनामा ओभरड्राफ्ट लिन सजिलो हुने भएपछि लगानीकर्ताले यो बाटो रोजेका हुन् । सेयर धितो कर्जामा तुलनामा ओडीको व्याज पनि कम हुन्छ, अहिले बैंकहरुमा अधिक तरलता भएको बेला व्याजदर घटाएर ऋण दिन थालेका लगानीकर्तालाई सजिलो भएको हो ।

share

ओभरड्राफ्ट कर्जा आफ्नो खातामा भएभन्दा बढी पैसा झिक्न बैंकसँग गरिने सम्झौता हो । ओभरड्राफ्ट कर्जामा बैंकसँग निश्चित रकमसम्म ऋण लिन बैंकसँग एकमुस्ट सम्झौता गरेको हुन्छ । ऋणीले आफूलाई आवश्यक परेको अवस्थामा मात्र सो ऋणको प्रयोग गर्दछ । ऋणीले आफूले प्रयोग गरेको रकम बराबरको मात्र ब्याज तिरे पुग्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी बैंकहरुले लगानी गर्न नसकिरहेका बेला सेयर बजारमा लगानीको विकल्प बनेको बताउछन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाले ओडीमा २ खर्व ५७ अर्व र २६ अर्व ९० करोड मार्जिन कर्जा प्रवाह गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ