वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँचताराद्वारा नेफ्स्कुन अध्यक्ष घिमिरे सम्मानित

अर्थटुडे
२०७३ बैशाख २, बिहीबार

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले आठौं स्थापना दिवसको अवसरमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कूनका) अध्यक्ष ऋषिराज घिमिरेलाई ‘राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७३’ बाट सम्मानित गरेको छ । बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रसाद बाँस्कोटाले १० हजार १ सय ५१ नगद र ताम्रपत्रले अध्यक्ष घिमिरेलाई सम्मानित गरे ।

DSCN9356 (1)

विगत ३ दशकदेखि सहकारी क्षेत्रमा क्रियाशील भएर सहकारीमार्फत मुलुक र समुदायको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएवापत उनलाई उक्त सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै बाँस्कोटाले बचत ऋण सहकारीमा समस्या र सम्भावना दुवै रहेकाले यसलाई सुधार गरेर अघि बढ्न सके सहकारीले सही दिशा लिने धारणा राखे । सहकारी भनेको बचत ऋणको रुपमा मात्रै काम गर्ने संस्था रहेको बुझाई आम जनमानसमा रहेकाले यसलाई चिर्दै सहकारीलाई आर्थिक सामाजिक रुपान्तरणका साथै रोजगारी सिर्जना उत्पादकत्व वृद्धि र गरिबी घटाउने जस्ता काममा लगाउनुपर्नेमा उनले जोड दिए ।

पर्यटन मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालले सहकारीलाई पर्यटनसँग जोड्न सहकारीमार्फत होमस्टेको थालनी गर्ने र यसको नेतृत्व आफूले लिएको बताए । कार्यक्रममा विन्धबासिनी साकोसका पूर्वअध्यक्ष भरतकुमार शर्माले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन, गरिबी घटाउन, रोजगारी सिर्जना गर्ने लगायतका काममा सहकारी लागिरहनुपर्ने बताए । निम्न आय भएका विपन्न, गरिब र धितो नभएका महिलालाई समेत लघुवित्त कार्यक्रम सञ्चालन गरेर सहकारीले उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सकिने उनले धारणा राखे ।

सम्मानित व्यक्तित्व घिमिरेले नेफ्स्कूनमा २ हजार ५ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेको र ती संस्थामा आवद्ध २० लाख सदस्य संघको पनि सदस्य भएकाले बचत तथा ऋण सहकारीहरुलाई संस्थागत सुशासनमा बलियो र पारदर्शी बनाई अगाडि बढाउनु नेफ्स्कुनको कर्तव्य रहेको उनले उल्लेख गरे । नेफ्स्कुनले संस्था स्थिरिकरण कोष खडा गर्ने र संघमा आवद्ध भएका संस्था कुनैपनि बेला संकटमा परेभने एक प्रतिशत व्याजदरमा ऋण प्रदान गरी संस्थालाई पहिलेकै अवस्थामा फर्काउन सहायता पु¥याउने उनले बताए ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले देशका दिग्गज सहकारी व्यक्तित्वहरु एकै थलोमा भेला भई सहकारीबारे मन्थन गर्ने अवसर प्राप्त भएको उल्लेख गरे । सहकारी मूल्यमान्यता र सिद्धान्त भित्र नै रहेर संस्था सञ्चलानमा रहेको र सदस्यको आर्थिक, सामाजिक रुपान्तरणमा निरन्तर लागिरहेको उनले बताए ।

आफ्नै भवनमा कार्यालय रहेको संस्थाको फागुन मसान्तसम्म कुल शेयरपूँजी ४ करोड ५० लाख, बचत ३६ करोड, लगानी २८.५ करोड, सदस्य २४०० तथा विभिन्न कोषमा बचत रु २ करोड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ