काठमाडौं । नयाँ वर्षको पहिलो दिन शेयर बजार १७ अंकले बढेर १४०५ अंकमा पुगेको छ । यसदिन बैकिङ समूहतर्फ लगानीकर्ता बढी आकर्षित भएका छन् । विहिबार यो समूहको सुचक मात्र १७ अंकले बढेको छ, जसले नेप्सेमा नयाँ रेकर्ड बनाउन मद्दत गरेको हो ।
त्यस्तै त्यस्तै इन्स्योरेन्स समूहको सूचक पनि ५८.५६ अंकले बढेको छ । विहिबार बीमा, विकास बैंक, होटल, जलविद्युत समूहको पनि परिसूचक बढेको छ । यसदिन ५५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यसमध्ये वाणिज्य बैंक समूहको करोबार मात्रै ३० करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
हिमालयन बैंक, नेपाल बैंक, नविल बैंक, ग्लोवल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसविआई बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंकको सेयर मूल्य बढेको छ । गुमाउने बैंकको सख्या निकै थोरै छ ।
प्रतिक्रिया