वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साउदी अरबका कार्यबाहक राजदुत शर्मामाथि छुरा प्रहार

अर्थटुडे
२०७३ बैशाख २, बिहीबार

काठमाडौं । साउदी अरबकालागि नेपाली कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मा माथि कार्य कक्षमै छुरा प्रहार भएको छ । प्रत्यक्षदर्शीहरुका रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा केही दिनदेखि शरण लिइरहेका नेपाली युवले नै शर्मामथि छुरा प्रहार गरेका थिए ।RAjdut_1460639723

शर्माको स्थनीय किङ् फइसल अस्पतालमा आकस्मिक कक्षमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । युवकले हातमा छुरा लिएर कार्यकक्षमै ढोका लगाएर आक्रमण गरेको बताइएको छ ।

कूटनीतिक नियोगमा खटिएका सरकारी अधिकारीमाथि यसरी छुरा प्रहार गर्ने युवकमाथि भत्र्सना गरे पनि परराष्ट्र मन्त्रालयले भने छुरा हान्नुको कारण र छुरा हान्ने व्यक्तिको नाउँ खुलाएको छैन ।

अहिले कार्यवाहक राजदूतको अवस्था भने खतरामुक्त रहेको पनि साउदीको रियादस्थित नेपालीहरुले जानकारी दिएका छन् । छुरा हान्ने नेपाली युवकलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ