काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
१५ अर्व चुक्तापुँजी भएको नेपाल टेलिकमको आगामी २० गते हुने साधारणसभाले सो प्रस्ताव पारित गरेपछि लाभांस वितरण हुनेछ ।
कम्पनीले ५० प्रतिशत लाभांस बाढ्दासाढे सात अर्ब रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । टेलिकममा सरकारको ९१.४९ प्रतिशत सेयर स्वामित्व रहेकोले कुल नगद लाभांसमध्ये ६ अर्ब ८६ करोड रुपैयाँ सरकारको खातामा जाने छ ।
४.४४ प्रतिशत सेयर भएका सर्वसाधारणले टेलिकमको लाभांशबाट ३३ करोड ३० लाख रुपैयाँ पाउनेछन् । यस्तै ४.०४ प्रतिशत सेयर रहेका कर्मचारीले ३० करोड रुपैयाँ पाउनेछन् । नागरिक लगानी कोषलाई २२ लाख रुपैयाँ प्राप्त हुनेछ ।
टेलकिमले गत वर्ष ४६ प्रतिशत र त्यो भन्दा अगाडिको वर्ष ४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षमा टेलिकमले १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
प्रतिक्रिया