काठमाडौं । नेपालले बैदेशिक सहयोग खर्च गर्न नसकेको बताएका छन् । एशियाली विकास बैंक (एडिबी) का अधिकारीहरुले नेपालको सरकारी निकायले सानातिना समस्या देखाएर बैदेशिक सहयोग खर्च नगरेको दावी गरे ।
सरकारी निकायले वैदशिक लगानीका आयोजनाहरु कार्यान्वयन गर्दा दातासँग समन्वय नगर्ने,तोकिएको समयसीमालाई वेवास्ता गर्ने गरेको आरोप दाताहरुको रहेको छ ।
एडिबीले सहयोग गरेका आयोजनाहरुको पोर्टफोलियो रिभ्यु गर्न आयोजित त्रिपक्षीय बैठकमा दक्षिण एशियाली मुलुकमध्ये नेपाल सबैभन्दा कम सहायता परिचान गर्न सक्ने मुलुकमा परेको दाताहरुले बताएका छन् ।
बैठकमा एडिबीका उपमहानिर्देशक दिवेश शरणले भने, ‘ठूला आयोजना कार्यान्वयन निकै सुस्त देखियो, पैसा खर्च गर्ने क्षमता भएन, ठूला आयोजना कार्यान्वयनमा सरकारको सक्रिय भूमिका देखिनु पर्छ ।’ त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सुधार आयोजना र उर्जाका आयोजना कार्यान्वयनमा खासै उपलव्धि नदेखिएको उनको दावी छ ।
नेपालले एडिबीले प्रतिवद्धता जनाएको रकममध्ये नौ प्रतिशत मात्रै खर्च भएको छ । ‘सन् २०१५ मा न्युनतम ३० करोड अमेरिकी डलर खर्च हुने एडिबीको अनुमान थियो । तर जम्मा १३ करोड डलर मात्रै खर्च भयो’, एडिबीको नेपालका लागि राष्ट्रिय निर्देशक केनिची योकोयामाले भने ।
सरकारले खर्च गर्न सक्ने हो भने आगामी वर्षदेखि वार्षिक ५० करोड डलर (५० अर्ब रुपैयाँभन्दा बढी) रकम एडिबीले मात्रै उपलब्ध गराउने छ । यसले नेपालको आर्थिक बृद्धिदरलाई २ प्रतिसत बिन्दुले बढाउन सहयोग गर्ने योकोयामाले बताए ।
आयोजनाको ठेक्का पट्टा समयमा नलाग्नु, तोकिएको समयसीमामा काम गर्ने चाहना सरकारी निकायले नदेखाउनु र सरकारका एक अर्को निकायबीच समन्वय नहुनु दाताले दिएको रकम खर्च हुन नसक्नुको मुख्य कारण रहेको एडिवीको निष्कर्ष रहेको छ ।
अर्थमन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले सहयाता परिचानमा कमजोरी रहेको र आगामी वर्ष खर्च बढ्ने पुरानै भनाइ दोहोर्याए ।
प्रतिक्रिया