वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविल बैंकको स्मार्ट बैंकिङ, सेयर खाता र कर्जा सेवा

अर्थटुडे
२०७३ बैशाख ९, बिहीबार

काठमाडौं । नबिल बैंकले विहिबारदेखि स्मार्ट बैंक, सेयर कर्जा र सेयर खाता गरी तीन वटा नयाँ सेवा सुरु गरेको छ । बैंकले विहिबार पत्रकार सम्मेलन गरी यी योजनाहरु सार्वजनिक गरेको हो ।

nabil bank
बैंकले ७ वर्षअघि सुरु गरेको एसएमएस बैंकिङ सेवालाई परिस्कृत गरी स्मार्ट बैंकिङ सेवा सुरु गरेको हो । स्मार्ट बैंकिङ सेवा अन्र्तगत स्मार्ट फोन प्रयोगकर्ताले बैंकको एप्स डाउनलोड गरी यसबाट विभिन्न सेवा प्रयोग गर्न सक्नेछन् । यस सेवाबाट ग्राहकले खाताको कारोबारबारे जानकारीका साथै इसेवा नेटवर्कमा रहेका ३४ बैंकमा पैसा रकमान्तर समेत गर्न सक्नेछन् । यसैगरी एप्समा बैंकका नयाँ सेवाबाट जानकारी, बैंक शाखा र एटिएम काउन्टरको लोकेशन पनि पत्ता लगाउन सकिन सुविधा रहेको छ ।

यसैगरी बैंकले सेयर बजारका लगानीकर्तालाई लक्षित गरी सेयर खाता र सेयर धितो कर्जा सुरु गरेको छ । बैंकमा सेयर खाता खोल्ने ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीले वितरण गर्ने नगद लाभांस बैंक खातामै प्राप्त गर्न सक्नेछन् । यसैगरी आइपिओ तथा एफपिओको रिफन्ड रकम पनि सिधै खातामा आउने सुविधा रहेको छ ।

बैंकले विहिबारदेखि नै सेयर धितो कर्जा पनि सुरु गरेको छ । डिम्याट सेयर धितोमा दिने कर्जाको ब्याज दर ७.९९ प्रतिशत कायम छ ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले ग्राहकलाई थप सुविधा दिनका लागि एकै पटक तीन वटा प्रडक्ट ल्याएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ