काठमाडौं । नेप्से परिसुचक आइतबार १२ अंकले बढेर १४५४ अंकमा अडिएको छ । यसदिन बाणिज्य बैंकहरुको परिसुचक १७.६६ अंकले बढेको छ भने उत्पादनमूलक समूहको सुचक ६९.८ अंकले बढेको छ । बजार बढाउन बाणिज्य बैंकहरुको सेयरले प्रमुख भुमिका खेलेको देखिएको छ ।
यसदिन बाणिज्य बैंकहरुको मात्रै ५१ करोड रुपैयाँको किनबेच भयो । नेपाल बंगलादेश बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नविल बैंकको २० करोड रुपैयाँको सेयर कारोबार भयो । बंगलादेशको सात करोड ८० लाख र ट्याण्डर्ड चार्टर्डको ६ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
इन्स्योरेन्स समूहको ११ करोड ५० रुपैयाँको सेयर किनबेच भयो । कूल कारोबारमा तीन वटा बैंकको मात्रै करिब २० करोड रुपैयाँको सेयर किनबेच भयो ।
आइतबार गुमाउनेमा जलविद्युत र फाइनान्स समूहका लगानीकर्ता मात्रै छन् । आइतबार जम्मा ८५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कमाउनेमा सप्तकोशी विकास बैंक, मञ्जुश्री फाइनान्स र तिनाहु विकास बैंक रहेका छन् ।
प्रतिक्रिया