काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७३ को अवसर पारेर बैंकले “सिभिल ७३ दिने मुद्धतीपत्र” निक्षेप योजनामा ६.२० प्रतिशतको आाकर्षक व्याजदर दिने जनाएको छ ।
जम्मा ७३ दिनको यस मुद्धती खाता न्युनतम ५ लाख रुपैयाँमा खोल्न सकिने जनाइएको छ । तरलता बढी भएर बैंकहरुले निक्षेपमा न्युन व्याज दिइरहेका वेला सिभिल बैंकले भने बढी व्याज दिने योजना अघि सारेको छ ।
“यो योजना ग्राहकहरुलाई नयाँ वर्षको सौगात हो”, बैंकका प्रमूख कार्यकारी अधिकृत किशोर महर्जनले भने , “यस योजनाबाट ग्राहक लाभान्वित हुनेछन् भने बैंकप्रति पनि ग्राहकको विश्वसनियता बढ्ने छ ।” बैंकले आगामी दिनमा यस्तै आकर्षक सेवा प्रदान गर्ने पनि महर्जनले बताए ।
प्रतिक्रिया