वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्भेष्टमेन्ट बैंकले कमायो १ अर्व ८३ करोड, रिजर्भमा झण्डै १० अर्व रुपैयाँ

अर्थटुडे
२०७३ बैशाख २०, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले निक्षेप तथा कर्जा लगानीमा गरेको बृद्धिले बैंकको नाफा बढेको हो ।Nepal-Investment-Bank

बैंकले विदेशी विनिमय कारोबारबाट ३७ करोड, राइटव्याक गरेर ४२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले फि, कमिशन र डिस्काउन्टबाट ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै बैंकले यही अवधिमा ४८ करोड रुपैयाँ संभावित नोक्सान व्यहोर्न प्रोभिजन समेत गरेको छ ।

चैत मसान्तसम्म यो बैंकमा निक्षेप एक खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८४ अर्ब ३७ करोड पुर्याएको छ ।

बैंकको रिजर्भमा निकै ठूलो रकम जम्मा भएको छ । चैत मसान्तसम्म नौ अर्ब ८३ करोड रुपैयाँ यो बैंकको रिजर्भ कोषमा छ । यही वर्ष फरदर पब्लिक अफरिकमा केही सेयर बेचेपछि बैंकले आफ्नो रिजर्भ निकै बलियो बनाएको हो । चैतसम्म खराव कर्जा ०.७८ प्रतिसत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ