वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्यानाडाको नक्कली भिषा देखाएर लाखौ रकम ठगी गर्ने लामा पक्राउ

अर्थटुडे
२०७३ बैशाख २०, सोमबार

काठमाडौं । भिजीट भिसामा क्यानडा पठाउने भनी ठगी गर्ने प्रवल एजुकेशन कन्सल्टन्सीका सञ्चालक डेन्जीन लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले रामेछापका राजु श्रेष्ठ र देवेन्द्र सुनुवार दोलखाका विवेकराज कार्की, भक्तपुरका रमेश कुमार के.सी लगायतका १४ जनालाई ठगी गरेको आरोप लागेको छ ।lama

ती १४ जनालाई भिजिट भिसामा क्यानडा लैजाने भनी जनही १५ लाखका दरले लिने भनी पहिला नै ५ लाखसम्म लिइ फरार भएको उजुरी परेकोले प्रहरीले लामालाई पक्राउ गरेको हो ।

लामाले विभिन्न एजेन्ट मार्फत क्यानाडा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने र उनीहरुबाट १५ लाख उठाउन गरेको, एक क्यानेडियन नागरिकलाई डिल्लीमा राख्ने र उही मार्फत भिजिट भिसा लगाई ठूलो मात्रामा रकम असुली गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । अनुसन्धानका क्रममा लामाले कन्सल्टेन्सी गैरकानुनी रुपमा सञ्चालनमा गरेको समेत बुझिएको प्रहरीले जनाएको छ ।

कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्ता भई सञ्चालन गर्नुपर्न प्रावधान रहेको छ । लामालाई ठगी मुद्दाको लागि कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ