वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकले २५ प्रतिशत हकप्रद शेयर दिने, ग्लोबल आइएमई क्यापिटल विक्रि प्रबन्धकमा नियुक्त

अर्थटुडे
२०७३ बैशाख २१, मंगलवार

काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीहरुका लागि २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको पाचौं साधारणसभाले गरेको निर्णयअनुसार बैंकले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।samjhauta

मंगलबार यस सम्बन्धी समझौतापत्रमा मेगा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनुपमा खुन्जेलि र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख मर्चेन्ट बैंकिङ नलिना श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सो हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजीे ४ अर्ब ५ करोड रुपैयाँ हुनेछ । अहिले बैैंकको २९ अर्ब निक्षेप र २६ अर्ब रुपैयाँ कर्जा प्रवाह छ । बैंकले देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम, ५३ वटा शाखारहित बैंकिङ, १४०० मेगा रेमिटको सञ्जाल तथा एउटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ